४ कार्तिक २०८३, बुधबार

अन्तत: रामजी राम बने डाक्टर, मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । अन्तत: रामजी रामले मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत पास भएको जानकारी दिँदै सबै सहयोगीलाई धन्यवाद दिएका छन् ।

‘आज मेडिकल काउन्सिलको लाइसेन्स परिक्षा पास भए । रूटिन अफ नेपाल बन्द लगायत विभिन्न व्यक्तिहरुको अनुरोधमा परिक्षाको बेला आफ्नो खल्ती रित्याएर मलाई अध्यन गर्न सघाउनुहुने सम्पुर्ण दाताहरु, दृश्य अदृश्य रुपमा मलाई सिकाउनुहुने हाम्रा सम्पुर्ण गुरुहरु, बिरामीहरु, सम्पुर्णलाइ यो प्रमाणपत्र चढाउछु,’ उनले रिजल्टको तस्वीरसहित लेखेका छन् ।

रामजी राम उनै हुन् जो २०७७ सालमा वीरगन्जस्थित नेसनल मेडिकल कलेजले पैसा तिर्न नसकेको भन्दै परीक्षा दिनबाट रोकेको थियो ।

उनलाई कलेजले शुल्क नतिरेको भन्दै परीक्षा हलमा छिरेको एक मिनेटमै बाहिर निकालिदिएको थियो। घटना बाहिरिएपछि कलेजको चौतर्फी आलोचना भएको थियो ।

इन्सिच्युट अफ मेडिसिन (आइओएम) ले समेत कडा निर्देशन दिएपछि अन्तत कलेजले उनीहरूलाई परीक्षामा सामेल गराएको थियो । साथै उनलाई देश विदेशबाट सहयोगसमेत जुटेको थियो । आज तिनै रामजी दु:ख संघर्ष गर्दै अन्तत डाक्टर बनेका छन् ।