१ कार्तिक २०८३, आइतबार

जब व्यस्त सडकमा रुसी क्षेप्यास्त्र खस्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । रूसले युक्रेनमाथि आक्रमण जारी नै राखेको छ ।

यसैबीच रूसले सोमबार युक्रेनको राजधानी किएभमा क्षेप्यास्त्र प्रहार गरेको छ । व्यस्त सडकको बीचमै क्षेप्यास्त्र खसेको थियो ।

गुडिरहेको गाडीको अगाडिको भागमा रहेको क्यामरा ‘ड्याशक्याम’ ले खिचेको यो दृश्यमा व्यस्त सडकमा रुसी क्षेप्यास्त्र खसेको देखिन्छ। रुसले प्राय: अँध्यारोमा हवाई आक्रमण गर्ने गरेको छ। तर उक्त दिन दिउँसै किएभमा क्षेप्यास्त्र प्रहार भयो।

गाडीहरू गुडिरहेको सडकमा क्षेप्यास्त्र खसेको भए पनि उक्त घटनामा कोही पनि हताहत भएनन्। क्षेप्यास्त्र खसेको शैली हेर्दा युक्रनी हवाई प्रतिरक्षा प्रणालीले लक्ष्यमा पुग्नुअघि नै उक्त क्षेप्यास्त्रलाई बीचैमा रोकिदिएको ठानिएको छ।