४ कार्तिक २०८३, बुधबार

विद्यालयको शौचालयमा ढकालले आफैँलाई लगाए आगो, गम्भीर अवस्थामा उद्दार

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । मोरङको एक विद्यालयको शौचालयमा एक व्यक्तिले आफैँलाई आगो लगाएका छन् ।

सुन्दरहरैचा नगरपालिका-२ स्थित श्री माध्यमिक विद्यालयको शौचालयमा सोही विद्यालयका लेखापाल ४० वर्षीय मनिल ढकाल आफैँलाई आगो लगाएका हुन् ।

उनले बिहान सात बजे आत्मदाहको प्रयास गरेका हुन् । उनको उद्दार गरेर कोशी अस्पताल पठाइको छ ।

शौचालयबाट विषको बोत्तलसमेत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

उनको अवस्था गम्भीर रहेको छ ।