
काठमाडौं, २० जेठ । भारतको ओडिशामा भएको रेल दुर्घटनामा परी ज्यान गुमाउनेहरु प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समवेदना प्रकट गरेका छन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै मृतकप्रति श्रदाञ्जली व्यक्त गरेका छन् भने घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई सम्बोधन गर्दै दुःख व्यक्त गरेका हुन् ।
ओडिशाको बालासोरमा शुक्रबार साँझ ७ बजे भएको रेल दुर्घटनामा २३३ जनाको मृत्यु भएको छ भने ९ सय जना घाइते भएका छन् ।











प्रतिक्रिया