४ कार्तिक २०८३, बुधबार

भारत भ्रमणमा रहेका प्रचण्डलाई बाबुरामको प्रश्नः हामी कता जाँदैछौं ? देश कता जाँदैछ ?

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वेदश फर्किदै छन् । भ्रमणका क्रममा उनले तेस्रो दिन हिजो शुक्रबार मध्यप्रदेशको उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर मन्दिर पुगेर पूजाअर्चना गरेका थिए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रचण्ड धार्मीक बन्दै पूजाअर्चनामा व्यस्त बनेपछि सामाजिक सञ्जालमा उनको चर्चा भइरहेको छ ।

उनको धार्मीक पूजालाई कतिले सकारात्मक दृष्टिकोणले व्याख्या गरेका छन् भने कतिले कम्युनिष्ट प्रधानमन्त्री प्रचण्ड आफ्नो देशको धार्मीक स्थल बारे जानकारी नराख्ने तर अर्का देश पुगेपछि भगवानप्रति आस्था राखेर पूजाअर्चना व्यस्त हुने भन्दै टिप्पणी गरेका छन् ।

यसैबीच, नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि प्रधानमन्त्री प्रचण्डको पूजाअर्चनाको तस्वीरलाई छोटो टिप्पणी गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जालमा प्रचण्डले पूजाअर्चना गरेको तस्वीर राख्दै भट्टराईले भनेका छन्, ‘हामी कता जाँदैछौं ? देश कता जाँदैछ ?’

यसअघि हिजो नै राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रचण्डको सोही तस्वीर राख्दै यो रुपान्तरण स्थायी होस्, रणनीतिक नहोस् भन्दै कामना गरेका थिए ।

थापाले सनातन धर्म संस्कृति र परम्परा रक्षागरेर पनि देश विकास गर्न सकिने भन्दै नेपालमा धर्मनिरपेक्षताको आडमा फैलिएको धर्मपरिवर्तनको डढेलो रोक्न समेत प्रधानमन्त्री प्रचण्डको ध्यान जाने अपेक्षा रहेको उल्लेख गरेका थिए ।