२८ आश्विन २०८३, बुधबार

नेपालमा कुल जातजातिको संख्या १४२ पुग्यो

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । नेपालमा कुल जातजातिको संख्या १४२ पुगेको छ । साथै मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार राष्ट्रिय जनगणना, २०७८ मा जातजाति, भाषा र धर्मसँग सम्बन्धित उत्तरदाताका जवाफका आधारमा विज्ञसमूहको सिफारिसका आधारमा उक्त विवरण सार्वजनिक गरिएको हो ।

विसं २०६८ को जनगणनामा जातजाति १२५ रहेकामा हाल १७ थप भएको हो ।

कार्यालयका अनुसार विसं २०६८ को जनगणना अनुसार १२३ वटा मातृभाषामध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिहरुको संख्या न्यून भएइकाले ‘अन्य भाषा’ अन्तर्गत समावेश गरी हाल नयाँ थप भएका १३ वटा समेत गर्दा जम्मा १२४ वटा मातृभाषा कायम भएको छ ।