४ कार्तिक २०८३, बुधबार

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनविरोधी काम गरे : डा. प्रकाशचन्द्र लोहनी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ट नेता डा. प्रकाशचन्द्र लोहनीले नागरिकता विधेयक स्वीकृत गर्दा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनविरोधी कार्य गरेको बताएका छन् ।

‘यो (नागरिकता) विधेयकमा छाप लगाउँदा राष्ट्रपतिजीले नेपालको संविधानले तोकेको प्रक्रिया पूरा गर्नुभएन र यस अर्थमा संविधान र कानुनविरोधी काम गर्नु भएको छ,’ राप्रपाका निर्देशन समितिका अध्यक्ष लोहनीले शुक्रबार भने ।

‘यस सन्दर्भमा हाल नागरिकतासम्बन्धी विधेयकको पहिलो पाटो भनेको यसलाई राष्ट्रपतिजीले स्वीकृत गर्दा यससम्बन्धी संवैधानिक प्रक्रिया पूरा भयो कि भएन ? उत्तर छ : भएन,’ लोहनीले सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै भने ।

राष्ट्रपति पौडेलको कदमप्रति आपत्ति जनाउँदै उनले भने, ‘यसो भन्नु पर्दा दु:ख पनि लाग्छ तर यथार्थता यही हो । जुन जोगी आए पनि कानै चिरेका भन्ने उखानलाई उहाँले चरितार्थ गर्नु भएको छ ।’

राप्रपाका पूर्वअध्यक्ष समेत रहेका लोहनी सबै नेपालीले देशको नागरिकता पाउनुपर्छ र नागरिकका मौलिक अधिकारप्रति सबै नेपालीको समर्थन रहेको प्रष्ट गरेका छन् ।