४ कार्तिक २०८३, बुधबार

एमालेमा थपिए १३ जना केन्द्रीय सदस्य (नामसहित)

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । नेकपा एमालेले विभिन्न पार्टीबाट एमाले प्रवेश गरेकामध्ये १३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

केन्द्रीय सचिवालयको आज बसेको बैठकले नेकपा एकीकृत समाजवादीबाट एमालेमा फर्किएका मुकुन्द न्यौपानेसहित १३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको हो ।

यस्तै, प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुणामणि जंगली, हेमराज राई, ठम्मर विष्ट, अजय गुप्ता, एकवाल मिया, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार, सुरेन्द्र मानन्धर, उमाशंकर अरगरियालाई पनि केन्द्रीय सदस्य मनोनित गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।