३ कार्तिक २०८३, मंगलबार

बजेटमा गरिएको व्यवस्थाविरुद्ध लगानीकर्ता आन्दोलित (भिडिओ)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । सेयर लगानीकर्ताहरूले पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

उनीहरुले सेयर कारोबारमा बजेटले गरेको व्यवस्थाप्रति आपत्ति जनाउँदै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर अन्तिम गर्नुपर्ने, पूँजीबजारमा ३९ प्रतिशत कर नमान्ने जनाएका छन् ।

प्रदर्शनमा सहभागीहरुले आर्थिक विधेयक संशोधन गर, पश्चगामी करनीति खारेज गर, लगानीकर्तामाथि जालझेल बन्द गरलगायका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा रास्वपा सांसद हरि ढकालले ऐकबद्धता जनाउँदै सेयर लगानीकर्ताको माग पुरा गर्न सरकार गम्भीर हुनुपर्ने बताए । लगानीकर्ताको सम्पत्तिमाथि लामो हात गर्ने प्रयासलाई असफल बनाउने उनले बताए । उनले यस मुद्दालाई सम्पूर्ण लगानीकर्ताहरु एकजुट भएर अघि बढाउन सुझाव दिएका छन् ।

उनले यस विषयमा संसदमा शसक्त रुपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यता अर्थमन्त्री डा प्रकाशशरण महतले भने सेयर लगानीकर्ताहरु आयकरको दायमा नआउने भन्दै भ्रममा नपर्न आग्रह गर्दै आएका छन् ।