
काठमाडौं, १९ जेठ । भारतको ‘अखण्ड भारत नक्सा’मा नेपालको भू–भाग समेटिएको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले भारतीय दूतावासअगासड विरोध प्रदर्शन गरेको छ ।
हालै भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारत नक्सामा नेपालको केही भू–भाग समेटिएको विरोधमा संगठनले काठमाडौंको लैनचौरस्थित दूतावासअगाडि प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा उनीहरुले अखण्ड भारतको नक्सा जलाएका छन् । उनीहरुले भारतले पटक–पटक नेपालको भू–भाग मिच्दै आएको भन्दै भारतको उक्त कदमबिरुद्ध नाराबाजी गरेका थिए ।















प्रतिक्रिया