२९ कार्तिक २०८३, आइतबार

शरणार्थी प्रकरणः बालकृष्ण खाँणसहित तीन जनाको बयान सुरु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित तीन जनाको बयान सुरु भएको छ।

शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये पूर्वगृहमन्त्री खाँण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान लिन लागिएको हो ।  फरार रहेका महर्जनले हिजो बुधबार आत्मसमपर्ण गरेका थिए ।

आजबाट खाँण, रिजाल र महर्जनको बयान लिने कार्य सुरु भएको हो । उनीहरुले काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान दिनेछन् ।

यसअघि बिहीबार शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष समशेर मियाँसँग जिल्ला अदालतका न्यायाधीश न्यौपानेले बयान लिएका थिए ।

उनीहरुविरुद्ध ठगी, लिखत किर्ते र राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ ।