
काठमाडौं, १९ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ ।
केहिबेर अघिबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।

बैठकमा विवादस्पद नागरिकता प्रमाणीकरण लगायत विषयमा पनि छलफल हुने बताइएको छ ।
पछिल्लो दिनहरुमा देशभर सरकार र राष्ट्रपति विरुद्ध विरोध प्रदर्शन भइरहेको छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैलालीको टीकापुर हत्याकाण्डका मुख्य दोषी रेशम चौधरीलाई आममाफी दिँदै जेलमुक्त गराएको र विवादस्पद नागरिकता विधेयक प्रमाणीकरण गरेपछि त्यसविरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको हो ।











प्रतिक्रिया