
काठमाडौं, १९ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेन भुइँमा लडेका छन् ।
कोलोराडोमा आयोजित अमेरिकी वायुसेना एकेडेमीको दीक्षान्त समारोहमा सहभागि भएका बाइडेन स्टेजको भुइँमा लडेका हुन् ।
८० वर्षीय राष्ट्रपति लडेपछि उनलाई तुरुन्तै सुरक्षाकर्मीले उठाएका थिए ।
ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले स्टेजमा रहेको बालुवाको झोलामा ठोक्किँदा राष्ट्रपति बाइडेन लडेको बताएका छन् । उनले ट्वीट गर्दै राष्ट्रपति बाइडेन ठिक रहेको र चोट नलागेको स्पष्ट पारेका छन् ।
राष्ट्रपति बाइडेन लडेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।















प्रतिक्रिया