
काठमाडौं, १९ जेठ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ५६ पैसा र बिक्री दर १३२ रुपैयाँ १६ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४० रुपैयाँ ८० पैसा र बिक्री दर १४१ रुपैयाँ ४४ पैसा रहेको छ ।
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ८१ पैसा र बिक्री दर १६४ रुपैयाँ ५५ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
















प्रतिक्रिया