१ कार्तिक २०८३, आइतबार

टर्कीको निर्वाचन बोर्डद्वारा आधिकारिक रूपमा एर्दोगानको जीत घोषणा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अङ्कारा, १९ जेठ । टर्कीको सर्वोच्च निर्वाचन परिषद्ले बिहीबार आधिकारिक रूपमा रिसेप तैयप एर्दोगानलाई ५२.१८ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिको निर्वाचनको दोस्रो चरणबाट विजेता घोषित गरेको छ ।

मे २८ मा भएको राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा टर्किएमा कूल ५२,०९३,३७५ मतदाताले मतदान गरेका थिए । मतदानको दर ८५.७२ प्रतिशत रहेको निर्वाचन निकायका अध्यक्ष अहमत येनरले पत्रकारहरूलाई बताएका छन् ।

एर्दोगान दोस्रो चरणको चुनावमा राष्ट्रपतिको रूपमा पुनः निर्वाचित भएका हुन् । उनले टर्कीको विपक्षी ब्लकका राष्ट्रपति पदका उम्मेदवार, केन्द्र–वामपन्थी रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन् ।

उता प्रत्यासी किलिचदारोग्लुले ४७.८२ प्रतिशत मत प्राप्त गरेका थिए ।

मे १४ मा भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि पुनः राष्ट्रपतिको निर्वाचन भएको थियो ।

एर्दोगानले शनिबार संसद्मा शपथ लिने र त्यसपछि आफ्नो नयाँ मन्त्रिपरिषद् घोषणा गर्नेछन् । सांसदहरूले शुक्रबार संसद्मा शपथ लिँदै छन् । सिन्ह्वा