
जनकपुर, १८ जेठ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित देवपुरा रपैठा ईलाकाबाट १५ लाख ५४ हजार रुपैयाँ मूल्य बराबरको जुत्तासहितको पिकअप गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
ज १ च १०७७ नम्बरको गाडीमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको जुत्तासहितको गाडी सशस्त्र प्रहरीको नम्बर ८ गण धनुषाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
गाडी लिएर आउँदै गरेका व्यक्तिले गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै गाडी सोही ठाउँमा छाडी भागेको सशस्त्र प्रहरी निरीक्षक हेमन्त लिम्बुले जानकारी दिए ।
उनका अनुसार नियन्त्रणमा लिइएको जुत्ता तथा गाडी भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।















प्रतिक्रिया