२९ आश्विन २०८३, बिहिबार

सिटिजन्स बैंक र ब्लुबर्ड इन्टरनेशनल क्लिनिक बीच समझदारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र थापाथली स्थित ब्लुबर्ड इन्टरनेशनल क्लिनिक बीच समझदारी भएको छ ।

सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने उद्धेश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा हस्ताक्षर पश्चात सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले ब्लुबर्ड इन्टरनेशनल क्लिनिकमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।