४ कार्तिक २०८३, बुधबार

मोदीसँग कूटनीति संयन्त्रबाट सीमा विवाद समाधानको कुरा भयो: प्रधानमन्त्री प्रचण्ड

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग सीमाका विषयमा पनि छलफल भएको बताएका छन् ।

भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले कूटनीति संयन्त्रबाट सीमा विवाद समाधान गर्नुपर्ने कुरा आफूले मोदीसँग राखेको बताएका हुन् ।

‘प्रधानमन्त्री मोदी र मैले सीमाका विषयमा पनि छलफल गर्‍यौं। मैले स्थापित कूटनीति संयन्त्रबाट सीमा विवाद समाधान गर्नुपर्ने कुरा राखें,’ प्रधानमन्त्री प्रचण्डले भने।