
रूपन्देही, १८ जेठ । कपिलवस्तुमा बिहीबार एक युवकले आफ्नो प्रेमीका र प्रेमीकाको काकाको हत्या गरेका छन् ।
आफूसँग विवाह गर्न नमानेपछि कञ्चन गाउँपालिका २ का २२ वर्षीय मोहन थारुले बाणगंगा नगरपालिका वडा नं ६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी १८ वर्षीया अञ्जली थारुको हत्या गरेका हुन् ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका दुवैजनाको जीतपुरस्थित सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोहनलाई प्रहरीले पक्राउ गरेको छ ।
अञ्जलीले विवाहको प्रस्ताव अस्वीकार गरेपछि उनले प्रेमीकासहित काकाको हत्या गरेको देखिएको प्रहरीले जानकारी दिएको छ ।
थप अनुसन्धान भइरहेको बताइएको छ ।















प्रतिक्रिया