
काठमाडौं, १८ जेठ । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता जारी छ ।
हैदरावाद हाउसमा प्रचण्ड र मोदीबीच भेटवार्ता भइरहेको हो ।
भेटवार्ताका क्रममा केही सम्झौता र परियोजनाको उद्घाटन गर्ने सूची छ । मोदीसँग भेटवार्ता गरे लगत्तै प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ ।
लगत्तै सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ ।

















प्रतिक्रिया