
काठमाडौं, १८ जेठ । स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधि जितेको छ ।
गएराती सम्पन्न फाइनल खेलमा इटालियन क्लब रोमालाई पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गर्दै उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटमा १-१ गोलको बराबरी र अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
योसँगै सेभिया युरोपा लिगमा सातौं पटक च्याम्पियन बनेको छ ।















प्रतिक्रिया