४ कार्तिक २०८३, बुधबार

आरोपको खण्डन गर्दै ओलीले भने- बोक्न नसक्ने गरी सुन लगाइदिएका छन्, त्यति सुन बोक्न पनि सक्दिनँ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । सुनको जलहरीका विषयमा आफूमाथि अनावश्यक आरोप लगाइएको भन्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन् ।

पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शत प्रतिशत असत्य हो भन्ने जान्दा जान्दै झुट बोलिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

शत प्रतिशत असत्य हो भन्ने जान्दाजान्दै हाकाहाकी झूट बोल्ने । जस्तो, केपी ओलीको फोटोमा हातभरि सुनै सुनका, यता पनि सुनै सुनका । त्यति सुन म बोक्न पनि सक्दिनँ होला,’ ओलीले भने ।

सुनै सुनले ढाकिएको फोटो राख्दै ट्रोल गरिएकोमा आपत्ति जनाउँदै उनले आफूलाई सुनप्रति कहिल्यै मोह नभएको बताए ।

‘सानो हुँदा आमाको औंठी चार दिन लगाएँ । एउटा साथीले दिएको औंठी बिहानदेखि बेलुकासम्म लगाएँ । त्योबाहेक सुन कहिल्यै लगाएको छैन’, उनले भने, ‘अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएका छन् । यति साह्रो झूट, यत्रो मेहनत गरेर फैलाएका छन् । कस्तो नियत, कस्तो घटिया कुरा होला ?’