४ कार्तिक २०८३, बुधबार

नोबेल अस्पतालको शौचालयमा झुण्डिएर युवकले गरे आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १७ जेठ । विराटनगरको नोबेल अस्पतालको शौचालयभित्र एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा मोरङको मिक्लाजुङका ३३ वर्षीय पुरूष रहेका छन् । आज बिहान ५:२० बजेतिर शौचालय छिरेका उनी लामो समय ननिस्किएपछि हेर्दा मृत फेला परेका हुन् ।

उनले ढोकाभित्रबाट बन्द गरी चुकुलको हेन्डिलमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । उनी १३ वर्षीय छोरीलाई करणी गरेको आरोपमा गत जेठ १२ गते पक्राउ परेका थिए ।

अदालतबाट म्याद थप गर्नलाई जिल्ला सरकारी वकिल कार्यालय मोरङ ल्याएको समयमा पनि उनले आत्महत्या प्रयास गरेका थिए ।

जेठ १४ गते आइतबार दिउँसो २ बजेतिर घाँटी रेटेर आत्महत्याको प्रयास गरेर घाइते भएका उनलाई नोबेल अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनले आफैँले लगाएको गाउनको पासो लगाएका हुन् ।