
काठमाडौं, १७ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्था सुधारका लागि बजेट केन्द्रीत रहेको बताएका छन् ।
आर्थिक पत्रकार समाज सेजनले बुधबार काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा अर्थमन्त्री महतले बजेटमा समावेश नीतिहरुले मुलुकको आर्थिक अवस्था सुधारका लागि भूमिका खेल्ने बताएका हुन् ।
उनले प्रशासनीक खर्च न्यूनिकरणका लागि बजेटमार्फत इमान्दार प्रयास भएको बताए । पुँजीगत खर्चको प्रभावकारीता बढाउन थाले बैदेशिक सहयोग परिचालन हुने र थप सहयोग आउने ढोकाहरु खोलिने उनको भनाइ छ ।
अर्थमन्त्री महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा सांसदले खर्च गर्न नपाउने तर सांसदले सिफारिस गरेको आधारमा संघले बजेट दिने जानकारी दिए ।
महतले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधानलाई प्रोत्साहन गर्ने नीति सरकारको नभएको भन्दै बिधुतिय सवारी साधानलाई प्रोत्साहन गर्ने नीति रहेको स्पष्ट पारे ।















प्रतिक्रिया