४ कार्तिक २०८३, बुधबार

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार तोलामा दुई हजार चार सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार पाँच सय रुपैयाँ बढ्दै नयाँ रेकर्ड कायम गर्न सफल भएको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि गत वैशाख २१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघकाअनुसार आज चाँदीको मूल्य पनि २० रूपैयाँले बढेको छ । चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।