
काठमाडौं, १६ जेठ । टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त मानिएका रेशम चौधरीको रिहाईविरूद्व सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
सो हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमतती शारदा बोहरा कडायतले रिट दर्ता गरेकी हुन् ।
सरकारको सिफारिसमा गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले रेशमलाई आममाफी दिएका थिए । उनी हाल रिहा भइसकेका छन् ।
शारदाले यसअघि आममाफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा पनि निवेदन दिएकी थिइन् ।















प्रतिक्रिया