४ कार्तिक २०८३, बुधबार

हतियार देखाएर दिउँसै बैंक लुटियो

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, १७ जेठ । महोत्तरीमा दिउँसै बैंक लुटिएको छ ।

आज (मंगलबार)  दिउँसो महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखामा १२ बजेर २० मिनेटमा लुटपाट भएको हो ।

चार जनाको समूहमा आएका व्यक्तिहरूले हतियार देखाएर लुटपाट गरेर फरार भएका हुन् । बैंकबाट कति रकम लुटियो भन्ने खुल्न सकेको छैन । लुटिएको रकममा २३ लाख बराबर हुनसक्ने अनुमान गरिएको छ ।

लुटेराको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।