४ कार्तिक २०८३, बुधबार

ठूला-ठूला हत्याकाण्ड र भ्रष्टाचारका फाइल क्रमश: खुल्छन्: प्रधानमन्त्री प्रचण्ड

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला ठूला हत्याकाण्ड र भ्रष्टाचारको अनुसन्धान हुने बताएका छन् ।

मंगलबार माओवादी मुख्यालय पेरिसडाँडामा केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले गौर हत्याकाण्ड र दरवार हत्याकाण्डको अनुसन्धानका साथै ठूला ठूला भ्रष्टाचारका प्रकरणको फाइल क्रमश: खोल्ने बताएका हुन् ।

उनले ४६ सालपछिका उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानविन गर्ने समेत बताए ।

माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले संस्थागत रूपमा देखिएको भ्रष्टाचार र बेथिति नियन्त्रणलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै राज्यको नेतृत्वमा बस्नेहरू नै भ्रष्टाचारमा सामेल हुन थालेपनि यसलाई ऐतिहासिक अवसरको रूपमा प्रयोग गर्न खोजिएको भन्दै सेटिङ मार्फत हुने भ्रष्टाचारविरूद्व दरोसँग उभिने संकल्प गरेको बताए ।

प्रचण्डले प्रधानमन्त्रीको रुपमा नेपाल राष्ट्रका लागि केही नयाँ गर्ने गरी भारत भ्रमणमा जान लागेको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले जनयुद्धकै बलमा मुलुकमा युगान्तकारी परिवर्तन आएको भन्दै यसलाई आधिकारीक र वैधानिक ढंगले स्थापित गर्नु ठूलो कुरा भएको बताए ।

उनले कतिपयलाई मन नपरे पनि १५ वर्षअघिकौ माइन्युट खोजेर राजपत्रमा प्रकाशित गर्दै जनयुद्धका सहभागीहरुलाई राष्ट्रिय सहिदको रूपमा सम्मान गरिएको जिकिर गरे ।