
काठमाडौं, १६ जेठ । नेपाली बजारमा मंगलबार एकैदिन सुनको मूल्य तोलामा २४ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला एक लाख दश हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख नौ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघकाअनुसार आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ ।
चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।















प्रतिक्रिया