३० आश्विन २०८३, शुक्रबार

यस वर्षको मनसुन खतरा, बाढी-पहिरोदेखि हिमतालसम्म फुट्ने सम्भावना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mansoon भक्तपुर, १२ जेठ । अब सुरु हुने मनसुनमा बाढी, पहिरोदेखि हिमताल फुट्नेसम्मको सम्भावना भएकाले सजग रहन मौसमविद्हरूले आग्रह गरेका छन् ।

आज यहाँ रफत् सञ्चार क्लबद्वारा आयोजित अन्तरक्रियामा मौसम तथा जल विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले सरकारदेखि जनतासम्मले अब निकै सहज हुनुपर्ने बताउनुभयो ।

अबको एक सातापछि नेपालमा मनसुन सुरु हुने बताउँदै उहाँले महाभूकम्पले पहाडका धेरै स्थानहरुको जमिन धुजाधुजा पारेकाले पहिरो जान सक्ने सम्भावना उच्च रहेको बताउनुभएको हो ।

शर्माले भूकम्पले जमिनको सतहलाई हल्लाएको र जमिनमुनिको पानी तथा वर्षात्को पानीले चिरा परेको जमिनलाई बगाउने खतरा भएको बताउनुभयो ।

नेपालका हिमताल फुट्न सक्ने खतरा भएको चर्चा गर्दै उहाँले सरकार अहिलेदेखि नै सजग भएर जोखिम न्यूनीकरणका लागि पहल सुरु गर्नुपर्ने उहाँले आँैल्याउनुभयो ।

शर्माले भन्नुभयो, “अहिले नै धेरै स्थानमा सुख्खा पहिरो जान थालेको छ, वर्षात्मा थप जोखिम बढेको छ, जोखिम न्यूनीकरण गर्न विभाग एक्लैले मात्र केही गर्न सक्दैन, पूर्व तयारीका लागि सरकारले अहिलेदेखि नै सजग रहनुपर्छ ।”

मौसमविद् एवम् जल तथा मौसम विज्ञान केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक डा मदन सिग्देल र मौसमविद् सुदीप कायस्थले अहिले पूर्व मनसुन सुरु भइसकेकाले सजग हुनुपर्नेमा जोड दिनुभयो ।

भूकम्प प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ्ग र गोर्खा पहिरोको हिसाबले पनि उच्च जोखिममा रहेको औँल्याउँदै उहाँले उहाँले जमिन सतहको पानी व्यवस्थापन गर्नुपर्ने उहाँहरूको भनाइ थियो । रासस