
काठमाडौं, १६ जेठ । चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उपाधि जितेको छ ।
गएराति सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि जितेको हो ।
वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा चेन्नईका लागि १५ ओभरमा १७१ रनको लक्ष्य तय गरिएको थियो ।
चेन्नईले १५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिंङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै २१४ रन बनाएको थियो ।
योसँगै चेन्नईले पाँच पटक आईपीएलको उपाधि जितेको छ । चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो ।















प्रतिक्रिया