४ कार्तिक २०८३, बुधबार

यी हुन् आर्थिक वर्ष २०८०/८१ को बजेटका उदेश्य र प्राथमिकताहरू

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अनुमानित बजेट प्रस्तुत गरेको छ ।

विभिन्न उदेश्य निर्धारण गरेर अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।

यी हुन् सरकारले लिएका उदेश्यहरू

क. अर्थतन्त्रलाई गतिशील बनाई फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने ।
ख. गुणस्तरीय सामाजिक विकास, सुरक्षा र न्याय प्रत्याभूत गर्ने ।
ग. लगानी मैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको मनोवल उच्च पार्ने र आय तथा रोजगारीका अवसर सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने ।
घ. समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने ।
ङ. संघीयताको सवलीकरण र सुशासन कायम गर्नेन ।
च. बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारिता अभिवृद्धि गर्ने।

बजेटका प्राथमिकताहरू-

क. कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकास।
ख. लगानी प्रवर्द्धन, औद्योगिक विकास र व्यापार सन्तुलन ।
ग. सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा ।
घ. गुणस्तरीय भौतिक पूर्वाधार निर्माण ।
ङ. डिजिटल र हरित अर्थतन्त्रको प्रवर्द्धन ।
च. वातावरण संरक्षण, जलवायु परिवर्तन र विपद व्यवस्थापन ।
छ. मानव संसाधन विकास र रोजगारी सिर्जना ।
ज. वित्तीय क्षेत्र सुधार ।
झ. वित्तीय संघीयताको सुदृढीकरण र सेवा प्रवाहमा सुधार ।
ञ. सार्वजनिक वित्त प्रणालीमा सुधार।