
काठमाडौं, १४ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को आज राति हुने भनिएको फाइनल खेल भारी वर्षाका कारण स्थगित भएको छ ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा पानी परिरहेको कारण खेल स्थगित गरिएको हो ।
भारी वर्षाका कारण खेल भोलि ‘रिजर्भ डे’ सम्मका लागि सरेको आईपीएलले जनाएको छ ।
वर्षाकै कारण टस समेत हुन सकेको थिएन ।
अब फाइनल खेल भोलि नेपाली समयअनुसार राति ७ः४५ बजेबाट सुरु हुनेछ ।
उपाधिका लागि गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।















प्रतिक्रिया