१ कार्तिक २०८३, आइतबार

मोटरसाइकल र्‍यालीमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४  जेठ । अमेरिकाको न्यु मेक्सिको राज्यको रेड रिभर शहरमा शनिबार आयोजित वार्षिक मोटरसाइकल र्या्लीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

गोलीबारी गिरोहसँग सम्बन्धित भएको पाइएको रेड रिभरका मेयर लिन्डा काल्हौनले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । उनले सो काण्डमा तीन जनाको मृत्यु र पाँच घाइते भएको पुष्टि गरेका छन् । मे २५ देखि २९ सम्म चल्ने ४१औँ वार्षिक रेड रिभर मेमोरियल मोटरसाइकल -यालीमा विभिन्न पृष्ठभूमिका २८ हजार मोटरसाइकल  सो -यालीमा सहभागी भएका थिए ।