१ कार्तिक २०८३, शनिबार

फ्रेन्च लिग वानको उपाधि पिएसजीलाई

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानको उपाधि जितेको छ ।

गएराती सम्पन्न खेलमा स्ट्रासबर्गसँग १-१ गोलको बराबरी खेलेसँगै पिएसजीले यस सिजनको फ्रेन्च लिग वानको उपाधि जितेको हो ।

पिएसजीका लागि लियोनेल मेस्सीले गोल गरेका थिए भने स्ट्रासबर्गका लागि केभिन गेमेरियोले बराबरी गोल गरेका थिए ।

पिएसजीले एक खेल अगावै फ्रेन्च लिगको उपाधि जितेको हो । योसँगै पिएसजीले ११औं पटक फ्रेन्च लिगको उपाधि जितेको छ ।