
काठमाडौं, १४ जेठ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८३ पैसा र बिक्री दर १३२ रुपैयाँ ४३ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ५१ पैसा र बिक्री दर १४२ रुपैयाँ १५ पैसा रहेको छ ।
यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९७ पैसा र बिक्री दर १६३ रुपैयाँ ७२ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १८ पैसा र बिक्री दर ३६ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
















प्रतिक्रिया