४ कार्तिक २०८३, बुधबार

प्रजातन्त्रको सुदृढीकरणका लागि गम्भीर भएर लाग्नुपर्छ: सभापति देउवा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढीकरणका लागि गम्भीर भएर लाग्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले प्रजातन्त्रलाई बलियो बनाउनका लागि सबै गम्भीर भएर लाग्नुपर्ने बताएका हुन् ।

प्रजातन्त्रको खिलापमा केही शक्ति लागेको भन्दै यसप्रति सबै सजग हुनुपर्ने देउवाको भनाई छ । उनले मुलुकको प्रजातन्त्रलाई बलियो बनाउन प्रेस युनियनले खेलेको भूमिका सराहनीय रहेको बताए ।

त्यस्तै कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको अस्तित्व नरहने भन्दै लोकतन्त्र रक्षाका लागि कांग्रेस लाग्नुपर्ने धारणा राखे ।