
काठमाडौं, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना निकटस्थहरूलाई फसाउन लागिएको शंका व्यक्त गरेका छन् ।
शुक्रबार पार्टीका कार्यालय च्यासलमा आयोजित स्थानीय तहका जनप्रतिनिधिका लागि अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रहरी अनुसन्धानमाथि नै आशंका व्यक्त गरेका हुन् ।
उनले तयारीका साथ आफ्ना नजिक रहेकालाई पोल्न लगाइएको टिप्प्णी गरे । यस्तै, अध्यक्ष ओलीले अभियुक्तले बयान दिने बित्तिकै समाचारसमेत आउने गरेकोले पनि अनुसन्धानबाट एमालेलाई फसाउन खोजिएको बताए ।
मानिसहरूलाई कसरी नाम पोल्न लगाउने ? कसरी नाम लेख्न लगाउने ? कसरी नाम मुछ्न लगाउने र त्यो कसरी प्रचार गर्ने ? भयो । प्रहरीकहाँ कसैले बयानमा नाम उच्चारण गर्यो भने अखबारमा सँगसँगै कसरी पुग्छ ? कहिलेकहिले अघिल्ला दिन अखबारमा पुग्छ, भोलिपल्ट बयानमा आउँछ, कस्तो तयारीसाथ भइरहेको छ,’ ओलीले भने ।
सही गर्न नमान्दा बयान रोकेर समेत सही गर्न लगाइएको उनले बताए ।















प्रतिक्रिया