४ कार्तिक २०८३, बुधबार

संक्रमणकालीन न्यायलाई अवरुद्ध गर्ने कोशिस भइरहेको छ: प्रधानमन्त्री प्रचण्ड

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अझै पनि संक्रमणकालीन न्यायलाई अवरुद्ध गर्ने कोशिस भइरहेको बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगको २३औं वार्षीकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रिया र बिभिन्न उपलब्धी उल्ट्याउन चाहने कतिपय शक्ति र व्यक्तिले अहिले पनि संक्रमणकालीन न्यायलाई अवरुद्ध गर्ने कोशिस गरिरहेको बताएका हुन् ।

उनले शान्ति प्रक्रियाका बाँकी रहेको संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय चाँडै टुंगोमा पुर्‍याउने राजनीतिक तहमा समझदारी भएको दावी गरे ।

विस्तृत शान्ति सम्झौताको घरेलु मोडेल जस्तै संक्रमणकालीन न्यायलाई पनि छुट्टै घरेलु मोडलबाट पीडितलाई न्यायको अनुभूति र विश्वका लागि अनुकरणीय हुने गरी टुङ्गोमा पुर्‍याइने उनले बताए ।

मानव अधिकार संस्कृतिको प्रवर्धन गर्नका लागि सरकारको पाचौं मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।