४ कार्तिक २०८३, बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरणकी थप एकजना आरोपी पक्राउ

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एकजना आरोपीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आरोपी लक्ष्मी महर्जन रहेकी छिन् । आरोप लागेदेखि उनी फरार रहेकी थिइन् । लक्ष्मी पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्ने १७ जना पुगेका छन् ।

यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायत पक्राउ परिसकेका छन् । यसअघि पक्राउ परेका १६ जना अभियुक्तको अदालतमा बयान सुरू भएकै दिन उनी पक्राउ परेकी हुन् ।

उनलाई आजै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ। अन्य अभियुक्तको बयान चलिरहेका बेला पक्राउ परेकी महर्जनलाई सिधै अदालतमा उपस्थित गराइएको हो।