४ कार्तिक २०८३, बुधबार

कीर्तिमानी कामीरितालाई काठमाडौंमा भव्य स्वागत

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । २८औँ पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका पर्वतारोही कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।

सगरमाथाको सफल आरोहण गरेर बिहीबार काठमाडौं फर्किएका कामीरितालाई शेर्पा समुदाय लगायत शुभेच्छुकहरूले भव्य स्वागत गरेका हुन् ।

यस सिजनमा दुई पटक सगरमाथाको सफल आरोहण गरेर उनले २८औँ पटक आरोह गर्ने विश्व कीर्तिमानी कायम गरेका हुन् । कामीरिताले आफूले रेकर्ड कायम गर्नका लागि नभएर नेपालमा पर्यटन क्षेत्रलाई प्रोत्साहन होस् भनेर सगरमाथा चढेको बताए ।

उनले विदेशशीहरूलाई सफल रुपमा सगरमाथा चढाउन सके नेपाललाई आर्थिक रुपमा पनि फाइदा हुने जिकिर गरे । कामीरिताले आफ्नो ज्यानले भ्याएसम्म अर्को साल पनि सगरमाथाको आरोहण गर्ने उल्लेख गरे ।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान पनि छ ।