
काठमाडौं, ११ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शासकीय व्यवस्थामा भएका कमीकमजोरीलाई सुधार गर्दै मुलुकको उपलव्धीहरुलाई संस्थागत गर्नुपर्ने बताएकी छिन् ।
गणतन्त्र दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री शर्माले मुलुकको उपलव्धीहरुमाथि बिभिन्न तवरबाट प्रहार हुने गरेको भन्दै कमीकमजोरीलाई सुधार गर्दै मुलुकको उपलव्धीहरुलाई संस्थागत गर्नुपर्ने बताएकी हुन् ।
मन्त्री शर्माले गणतन्त्रमा देखिएको समस्याहरु समाधान हुदै जाने भएकाले गणतन्त्र र लोकतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने जिकिर गरिन् ।
मन्त्री शर्माले गणतन्त्र दिवस मनाइरहँदा २००७ साल यता भएका त्याग, बलिदान र आन्दोलन लगायतका संघर्षलाई भुल्न नहुने धारणा राखिन् ।















प्रतिक्रिया