काठमाडौं, १२ जेठ । बैशाख १२ र २९ गतेको बिनाशकारी महाभूकम्पपछि भएको धनजन क्षतिपछिको कहालिलाग्दो परिस्थतिमा गाँउ वातावरण नेपाल संस्थाले गोरखा जिल्लाको विभिन्न गाविसमा खाद्यान्न तथा टेन्ट वितरण गरेको छ ।
यस्तै संस्थाले काठमाडौं सिन्धुपाल्चोकमा पानी, टेन्ट, मास्क वितरण गरेको छ । संस्थाले वैशाख २९ गतेपछि हालसम्म गोरखा जिल्लाको पाँचखुवा देउराली, पन्द्रुङ्ग, आरुआव्राङ्ग, स्वारा तथा आरुपोखरी गा.वि.स. अन्तरर्गतका विभिन्न वडाहरुमा १५ हजार ५०० के.जी. चामल, १५० पिस टेन्ट तथा काठमाडौं उपत्यकामा पानी, मास्क, टेन्ट, खाधान्न तथा सिन्धुपाल्चोकमा खाधान्न तथा टेन्ट वितरण गरेको थियो ।

संस्थाले हालसम्म १५ लाख बरावरको सामान वितरण गरिसकेको जनाएको छ । यसमा संस्थाका अध्यक्ष भद्रकुमारी बराम, उपाध्यक्ष रुद्र प्रसाद अंगाई, सचिव पोखरी प्रसाद धिताल र कार्यक्रम संयोजक देवी प्रसाद अंगाई, संस्थाका अन्य पदाधिकारी तथा स्वयंसेवकहरुले विभिन्न एरियामा राहत वितरण गरेको जनाएको छ ।
संस्थाले छिट्टै १०० वटा अस्थायी घर बनाउने योजना रहेको संस्थाका कार्यक्रम संयोजक देवी प्रसाद अंगाई तथा सचिव पोखरी प्रसाद धितालले बताउनुभयो ।
















प्रतिक्रिया