मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

कोलम्बियामा ६० लाख व्यक्ति प्राकृतिक ग्यासबाट बञ्चित

दैनिक नेपाल २०८० जेठ ११ गते १४:२१

काठमाडौं, ११ जेठ । दक्षिणपश्चिम कोलम्बियामा बुधबारसम्म ६० लाख मानिस प्राकृतिक ग्यासको पहुँचबाट बञ्चित भएका छन् ।

मध्याह्नदेखि नै काका र भाले डेल काउकाको पश्चिमी क्षेत्रमा प्राकृतिक ग्यास सेवामा पूर्ण प्रतिबन्ध लगाइएको युटिलिटी ग्यासेस डे ओक्सिडेन्टले जनाएको छ । खानी मन्त्रालयका अनुसार यो सङ्कटले देशको मध्य र दक्षिणपश्चिममा रहेका अन्य पाँच क्षेत्रलाईलाई पनि प्रभावित गरेको छ ।

पाइपलाइन कम्पनी ट्रान्सपोर्टाडोरा डे ग्याँस इन्टरनेसनल’का अनुसार ज्वालामुखी नजिकैको क्षेत्रमा लागेको ‘भूमिगत आगलागी’ का कारण ग्यास पाइपलाइनहरू बन्द गर्नुपरेको र सेवालाई पुन: सञ्चालनमा ल्याउन कम्तीमा एक हप्ता लाग्न सक्नेछ ।

कोलम्बियाका पाँच करोड जनसङ्ख्यामध्ये दुई तिहाइ खाना पकाउने र अन्य प्रयोगका लागि इन्धनमा निर्भर छन् । कोलम्बियाको तेस्रो ठूलो शहर कालीका मेयर जर्ज इभान ओस्पिनाले यसबाट १३ लाखभन्दा बढी प्रयोगकर्ता प्रभावित भएको जानकारी दिइएको बताइएको छ ।

सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीरहरूका अनुसार केही बासिन्दाहरूले ग्यासको विकल्पमा दाउरामा खाना पकाउन थालेका छन् । ग्यासको अर्को विकल्पका लागि हजारौँ मानिसले विद्युतीय चुल्हो छानेका र किन्नका लागि लामो लाइनमा बसेको देख्न सकिन्छ ।

यसबाहेक धेरैजसो ग्याँस–सञ्चालित सार्वजनिक यातायातहरूले सेवा प्रवाहलाई रोकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित