४ कार्तिक २०८३, बुधबार

नक्कली शरणार्थी प्रकरणलाई निष्पक्ष छानबिन गरेर निष्कर्षमा पुर्‍याउने अठोट छ: गृहमन्त्री

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणलाई निष्पक्ष छानबिन गरेर निष्कर्षमा पुर्‍याउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायकाजी श्रेष्ठले बताएका छन् ।

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले दोषी कोही पनि नउम्कने प्रतिवद्वता व्यक्त गरेका हुन् । आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर, अर्काको देशको शरणार्थी बनाएर विदेश पठाउने योजना बनाएर, सम्पत्ति आर्जन गर्ने धन्दा भएको भन्दै श्रेष्ठले यसमा लज्जित भएको बताए ।

‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर, अर्काको देशको शरणार्थी बनाएर विदेश पठाउने योजना बनाएर, सम्पत्ति आर्जन गर्ने धन्दा भयो, यसमा हामी लज्जित छौं। राज्यकै निकायमा भएको मानिसहरूबाट नै यो प्रकारको काम भयो भनेर अनुसन्धानको प्रक्रियालाई अगाडि बढाएर अहिले मुद्दा अदालतमा पेश गरेका छौं,’ उनले भने।

३० जनामागि मुद्दा चलाउँदैमा अनुसन्धान नसिकने श्रेष्ठले बताए । ज्ञापनपत्र बुझाउँदै युवा संघका नेताहरूले शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

युवासंघले निर्दोष फसाउन खोजिएको भन्दै ध्यानाकर्षणसमेत गराएको थियो । संगठनले अभियुक्तहरुको वयानलाइ लिएर एमालेका नेताहरु र अख्तियारका प्रमुख आयुक्तलाई समेत आरोप लगाउने, वद्नाम गराउने र सोही बयानलाई आधार बनाएर कानूनी कारवाही गर्ने गराउने र राजनीतिक प्रतिशोध लिने तहसम्मको षडउन्त्र भएको महसुस भएको जनाएको छ ।

उनीहरुले यस प्रकरणमा राजनीतिक रंग नदिन समेत माग गरेका छन् ।