१ कार्तिक २०८३, शनिबार

लखनउलाई हराउँदै मुम्बई आईपीएलको दोस्रो क्वालिफायरमा

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा पुगेको छ ।

गएराति भएको इलिमिनेटर खेलमा लखनउ सुपरजाइन्टलाई ८१ रनले हराउँदै मुम्बई आईपीएलको दोस्रो क्वालिफायरमा पुगेको हो । मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको लखनउ १६ ओभर ३ बलमा १ सय १ रनमा अलआउट भयो ।

लखनउका लागि मार्कस स्टोइनिसले ४० रन बनाए भने कील मायर्सले १८ रन बनाए भने दीपक हुडडाले १५ रन बनाए । लखनउका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मुम्बईका बलर आकाश माधवलले सर्वाधिक ५ विकेट लिए भने क्रिस जोर्डन र पियुष चावलाले एक/एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १८२ रन बनाएको थियो । मुम्बईका लागि क्यामरुन ग्रीनले ४१ रन बनाए भने सूर्यकुमार यादवले ३३ रन बनाए । त्यस्तै तिलक बर्माले २६, नेहल वाढेराले २३, इशान किशनले १५, टिम डेविडले १३ र कप्तान रोहित शर्माले ११ रन बनाए ।

त्यसैगरी लखनउका बलर नवीन उल हकले सर्वाधिक ४ विकेट लिए भने यश ठाकुरले ३ विकेट लिए । मोशिन खानले एक विकेट लिए ।

दोस्रो क्वालिफायरमा भोलि मुम्बई र गुजरात टाइटन्सबीच फाइनल पुग्न प्रतिस्पर्धा हुनेछ । पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै चेन्नई सुपर किंग्स फाइनलमा पुगिसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।