४ कार्तिक २०८३, बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा एमालेले पूर्ण सहयोग गर्छ: योगेश भट्टराई

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा एमालेले पूर्ण सहयोग गर्ने बताएका छन् ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले निष्पक्ष पारदर्शी र स्वतन्त्र ढंगले छानबिन गर्न सरकारलाई भनिसकेको भन्दै एमालेले यस प्रकरणको अनुसन्धानमा सहयोग गर्ने बताएका हुन् ।

उनले पार्टीकै अन्य नेताहरुको नाम आएपनि प्रहरीले बोलाए बयानका लागि जानुपर्ने जिकिर गरे ।

भट्टराईले कसैले भनेकै भरमा दोषी कायम नहुने भन्दै आफ्नो नाम परेपनि बयानका लागि जाने बताएका हुन् ।