
काठमाडौं, १० जेठ । ग्यास सिलिण्डर लिक भइ आगलागी हुँदा घाइते भएका चन्द्र भण्डारीले उपचारपछि पहिलो पटक संसदमा बोलेका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा उनले बोलेका हुन् । गत फागुन ३ मा आफ्नै निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा उनी घाइते भएका थिए। उनी भारतमा उपचारपछि नेपाल फर्किएका हुन् ।
उनीसँगै घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने गत फागुन ४ गतै नै निधन भएको थियो। उनले संसदमा बोल्दै जलनकै विषयमा वार्षीक सयौँले ज्यान गुमाउने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
गत वर्ष एकसय १० जनाको मृत्यु भएको तथ्यांक उनले प्रस्तुत गरे ।
गाउँगाउँमा बिजुली, ग्यास पुगेको तर त्यसलाई कसरी प्रयोग गर्ने ? के गर्नु हुन्छ, के गर्नु हुँदैन भनेर पाठ्यपुस्तकमा राख्नुपर्ने माग गरे ।
‘बिजुली बाल्दा, ग्यास बाल्दा, बाटो काट्न सिकाउने कुरा त हाम्रो पाठ्यक्रममा हुनुपर्यो नि,’ उनले भने, ‘विद्यार्थीले त जान्नुपर्यो नि,’ उनले भने ।
उनले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने, उपचार गर्ने सम्पूर्णलाई धन्यवाद दिए ।















प्रतिक्रिया