४ कार्तिक २०८३, बुधबार

राजेश बज्राचार्यको स्पष्टोक्ति- केशव दुलालसँग मेरो चिनजान छैन

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएर आएकोमा आपत्ति जनाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफूलाई थाहा नै नभएको विषयमा नाम जोडिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । यो प्रकरणमा पक्राउ परेका केशव दुलालले बज्राचार्यलाई १ करोड दिएको भनि बयान दिएको समाचार सार्वजनिक भएपछि बज्राचार्यले समाचारको खण्डन गरेका हुन् ।

आफूले केशव दुलाललाई नचिन्ने बज्राचार्यले स्पष्ट पारेका छन् । चिनजान नै नभएको व्यक्तिले आफ्नो नाम पोलेकोमा उनले आश्चार्य प्रकट गर्दै किन नाम पोले र पोल्न लगाइयो भन्ने बुझ्न नसकेको उनले बताएका छन् ।

‘अभियुक्त केशव दुलालसँग मेरो चिनजान छैन। चिनजान नै नभएको व्यक्तिले मसँग सरोकार नै नभएको र मलाई थाहै नभएको विषयमा किन मेरो नाम पोले र किन पोल्न लगाइयो, त्यसको कारण पनि मैले बुझ्न सकेको छैन। नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा मलाई थाहा भएको विषय पनि होइन र मैले बुझेको विषय पनि होइन। मैले नचिनेको व्यक्तिले दिएको र दिन लगाइएको बयानका आधारमा मेरो चरित्रहत्या हुनेगरी समाचार सम्प्रेषण नगरिदिनुहुन म सबै सञ्चार माध्यमहरुलाई हार्दिक अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।