४ कार्तिक २०८३, बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा आईजीपीसमेत मुछिएपछि भेटेर के कुरा गरे गृहमन्त्रीले ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरसँग भेटेका छन् ।

गृहमन्त्री श्रेष्ठले आज आईजीपी कुँवरसँग भेट गरेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आईजीपीको नामसमेत मुछिएपछि गृहमन्त्री श्रेष्ठले उनीसँग भेट गरेका हुन् ।

भेटमा आईजीपीसँग उनको नामसमेत जोडिएकामा जिज्ञासा राखेका थिए । उनले आईजीपीको नामसमेत मुछिनु गलत भएको भन्दै कुँवरलाई चेतावनीसमेत दिएका बुझिएको छ ।

आईजीपी कुँवरले भने बाहिर आएका हल्लामा कुनै सत्यता नरहेको भन्दै आफ्नो बचाउ गरेका थिए ।

गृहमन्त्री श्रेष्ठले प्रहरी मुछिएको विषयमा गहिरो चासो राखेका थिए । अनुसन्धान प्रतिवेदनभित्रका सक्कल कागजातहरु अभियोगपत्र दायर नहुँदै सार्वजनिक भएको विषयमा उनले आईजीपीसँग असन्तुष्टि व्यक्त गरेका थिए ।